प्रदर्शनको चौथो दिनमा ‘कायरा’ मा ‘रंग छ कहाँ ?’ भन्दै आर्यन (भिडियो)

काठमाडौं–
गत शुक्रवारदेखि प्रदर्शनमा आएको आर्यन सिग्देल तथा साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शनमा आएको चौथो दिनमा निर्माण टिमले ‘रंग छ कहाँ ?’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा अभिनेता आर्यन स्वयम्को शब्द, कोशिश क्षेत्रीले संगीत तथा केतन क्षेत्रीको स्वर रहेको छ । गीतको भिडियोमा अभिनेता आर्यन ब्यान्डसहित देखिएका छन् । प्रस्तुत गीतले उनी फिल्ममा संगीतप्रेमी युवकको भूमिकामा रहेको संकेत गरेको छ । गीतमा आर्यनको घाँटीमा गितारको आटिफिसियल ट्याटु देख्न सकिन्छ । आर्यनले आफ्नो जन्मदिनको अवसरमा फिल्मको गीत इन्टरनेट मार्फत रिलिज गरेका हुन् । अभिनेता आर्यनले फिल्म हेर्ने सोचमा रहेका दर्शकलाई यो गीतले थप फिल्म हेर्नलाई थप मद्दत गर्ने विश्वास समेत गरेका छन् ।
फिल्मले बक्सअफिसमा निकै सुखद कलेक्सन गरिरहेको छ । प्रदर्शनको दुई दिनमा करोड विजनेश गरेको यस फिल्मलाई दिनहुँ परिरहेको पानीले व्यापारमा असर गरेपनि दर्शकको संख्यामा वृद्धि भइरहेको वितरकको भनाई छ । फिल्मलाई राम्रो केही नराम्रा कमेन्ट पनि आएका छन् । तर, तुलनात्मक रुपमा राम्रा कमेन्ट नै धेरै रहेका छन् । मुख्यतया आर्यन र साम्राज्ञीका फ्यान फिल्म हेरेर निकै रमाएका छन् ।
आर्यनको होम प्रोडक्सनमा निर्माण भएको फिल्मको निर्देशक लक्ष्मण रिजाल हुन् । फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video