हेटौंडाको ‘ओम्याक्स फिल्म हल’ मा आगो लाग्यो, आगो नियन्त्रणमा लिने प्रयास हुँदै

हेटौंडा-
हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । हेटौंडा–४, हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हल चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले सञ्चालन गर्दै अएका छन् । बुधबार बिहानैदेखि आगलागी भए पनि आगो अझै नियन्त्रणमा ल्याउन सकिएको छैन । विद्युत्त सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । सुरक्षाकर्मी, स्थानीयले दुईवटा दमकल मार्फत आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video