ओम्याक्स फिल्म हलको आगलागी घटनाप्रति नेपाल चलचित्र संघद्वारा गहिरो दुःख व्यक्त, चाँडै हल सञ्चालनमा आउने विश्वास

काठमाडौं–
बुधबार हेटौंडाको ओम्याक्स फिल्म हलमा भएको आगलागीको घटनप्रति नेपाल चलचित्र संघले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष प्रदिप कुमार उदयद्वारा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघका तृतिय उपाध्यक्ष समेत रहेका नरेन्द्रं महर्जनद्वारा सञ्चालित ओम्याक्स चलचित्र मन्दिरमा बुधबार विद्युत सर्ट भई भएको आगलागीबाट करोडौं क्षेति हुनपुगेकोमा आफूहरुलाई गहिरो दुःख लागको भन्दै यस दुःखद घडीमा नेपाल चलिचित्र संघले गहिरो दुःख व्यक्त गर्दछ भनिएको छ ।

साथै, उक्त चलचित्र हल शिघ्र पूर्ववत रुपमा सञ्चालनमा आउने समेत संघले विश्वास लिएको छ । हेटौंडा–४, हुप्राचौरमा रहेको उक्त फिल्म हलमा विद्युत्त सर्ट भएर बुधबार बिहा ९ बजेदेखि आगलागी भएको थियो ।

यस्तो छ विज्ञप्तिः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video