‘चाँहिदो रैछ छोरीलाई आमा बरिलै’ बोलको मौलिक तीज गीत सार्वजनिक (भिडियो)

काठमाडौं–
तीजको अवसर पारेर नयाँ नयाँ गीत सार्वजनिक भइरका बेला एउटा मौलिक तीज गीत ‘चाँहिदो रैछ छोरीलाई आमा बरिलै‘’ सार्वजनिक भएको छ । नेपाली लोक साङ्गीत क्षेत्रमा आफ्नो प्रभाव छोड्न सफल गायिका विमा कुमारी दुरा, लोकप्रियक गायिका शान्ती श्री परियार तथा धनकुमारी थापा र नरेश खाती क्षेत्रीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई नरेशले नै लखेका हुन् ।

प्रकाश भट्टको निर्देशनमा सार्वजनिक भएको गीतको भिडियोमा किरण के.सी. (रातामकै), दिपाशा वि.सी., शर्मिला शर्मा, धनकुमारी थापा, रुपक मैनाली, नरेश खातीलगायतकाको अभिनय रहेको छ । राजेश घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video