बर्षा राउतले सलमानको नाममा हात काटेको रहस्य खुल्यो, ‘चौका दाउ’ को सुटिङमा गर्दा देखियो हातमा दाग (भिडियो)

काठमाडौं–
वरिष्ठ संगीतकार शम्भुजित बासकोटाका छोरा सौर्यजीत बासकोटा र मनोज राज भण्डारीले संयुक्त रुपमा निर्माण थालेको फिल्म ‘चौका दाउ’ को यतिबेला धमाधम छायांकान कार्य भैरहेको छ । सो फिल्मको राधा पियारी बोलको गीतमा नायिका बर्षा राउतसँगै कलाकार सन्तोष पन्त, तैयव शाह तथा विल्सन विक्रम राई तथा रविन्द्र झा लगायतले कमेडी टाईपको नृत्य गरेका छन् ।

संगीतकार शम्भुजित बासकोटाकै संगीत तथा स्वर रहेको राधा पियारी बोलको उक्त गीतको छायांकन गर्दा गर्दै नायिका बर्षा राउतको एक गोप्य कुराको खुलासा भएको छ । उनले बलिउड नायक सलमान खानको नाममा हात काटेकी रहिछन् । बर्षाले सलमानको एउटा हातमा मात्रै दाग भएको तर, आफूले दुबै हातमा दाग बनाएको हाँस्दै खुलासा गरिन् । सलमानको फ्यान भएर हात काटेको भने तापनि उनले १४ बर्षको उमेरमा घरमा रिस उठेर चक्कुले हात काटेको बताईन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video