‘छोएर मलाई’ बोलको गीत मार्फत एलिना र हर्कुलस झुल्किए दर्शकमाझ (भिडियो)

काठमाडौं–
गायिका एलिना बिष्ट र गायक तथा संगीतकार हर्कुलस बस्नेतको आबाज रहेको ‘छोएर मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष पोखरेलको शब्द तथा गीतको तथा हर्कुलसकै संगीत रहेको उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा गायक तथा संगीतकार हर्कुलसको साथमा उनको ब्याण्डलाई समेत देख्न सकिन्छ । रिकेश गुरुङको एरेञ्ज रहेको गीतले माया र प्रेमको सुन्दर भावलाई बोकेको छ ।
लुमन स्थापितले लिड गितार सम्हालेको ब्याण्डमा अशोक बस्नेतले रिदम गितार बजाउने जिम्मेवारी पाएका छन् भने गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ गरेका हुन् । ब्रायन राईले खिचेको गीतको भिडियोलाई बिनय कंशाकारले सम्पादन गरेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video