पहिलो महिला रेस्लर भगवती खड्कालाई रेस्लिङ महाभिडन्तमा यस्तो नमिठो पहिलो हार (भिडियो/फोटोफिचर)

कठमाडौं–
नेपाल महिला रेस्लिङ फाउन्डेसन को औपचारिक कार्यालयको उद्घाटन सम्पन्न भएको छ । आजै रेस्लिङ महाभिडन्त अन्तर्गत संस्थाको अध्यक्ष भगवती खड्का युनिका, कोषाध्यक्ष अस्मिता सुनार जुरेली, खेलाडिहरु अस्मिता राई, मुना श्रेष्ठ र शोभा सुखरियाबीच रेस्लिङको भिडन्त सम्पन्न भएको छ ।

शान्तिनगर काठमाडौमा सम्पन्न नेपाली पहिलो महिला रेस्लर तथा संस्थाकी अध्यक्ष भगवती खड्का युनिकाले पहिलोपटक नमिठो हार बेहोर्न पुगेकी छिन् । गायिका समेत रहेकी खड्का नेपाल लगायत भारतका विभिन्न प्रतियोगितमा समेत रेस्लिङ खेलीसकेकी छिन् ।

यसरी विभिन्न प्रतियोगितमा जित्दै आएकी नेपालकै पहिलो रेस्लरको परिचय बनाउन सफल भगवतीले हार्दा उनका फ्यानहरु निराश भएका देखिन्थे । प्रायजसो टेलिभिजनका पर्दामा रेस्लिङ हेर्ने दर्शकले आँखैअघि महिलाहरुको डरलाग्दो भिडन्त हेर्न पाउदा आफूलाई मन पर्ने रेस्लरको पक्षमा ताली बजाउदै हुटिङ समेत गरेका थिए ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video