इन्गेजमेन्टको महिना दिनमै प्रियंका र आयुष्माबीच फेरि औंठी साटासाट, आफन्त तथा चर्चित सिनेकर्मी पनि उपस्थित (फोटोफिचर)

काठमाडौं–
नेपाली कलाकारीता क्षेत्रमै निकै चर्चा परिचर्चा कमाउन सफल नायिका प्रियंका कार्की तथा नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्टको करिब १ महिना फेरि औंठी साटासाट गरेका छन् ।

शनिबार होटेल द्वारिकामा आयोजित एक जमघटमा उनीहरुले पुनः औंठी साटासाट गरेका हुन् । सो अवसरमा दुवैका नजिका सेलिब्रेटी र पारिवारिक पृष्ठभूमिका व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
यद्यपि, २ बर्ष लामो प्रेममा डुबेको यो जोडीको वैवाहिक मिति भने अझैं जुरेको छैन ।  दुवैको इन्गेजमेन्ट समारोहमा दिपकराज गिरि, दिपाश्री निरौला, निश्चल बस्नेत, स्वस्तिमा खड्का, सन्जोग कोईराला, बर्षा राउत, कविराज गहतराज लगायतको उपस्थिति रहेको थियो ।

चलचित्र ‘कथा काठमाण्ड’ कोू सेटबाट सुरु भएको उनीहरुको प्रेमलाई धेरैले आर्शीवाद समेत दिएका छन् । प्रियंका भन्दा आयुष्मान करिव ५ बर्ष कान्छा रहेका छन् । स्वयम्वर समारोहमा दुबैजना निकै खुसी देखिन्थे ।

उनीहरुले उक्त अवसरमा खिचेका थुप्रै तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video