फिल्मका सबै मुख्य कलाकार अटेको यस्तो देखिए ‘रामकहानी’ का ३ पोष्टर

काठमाडौं–
भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रामकहानी’ को पोष्टर सार्वजनिक गरिएको छ । आईतबार एक कार्यक्रमकाबीच सार्वजनिक तीन पोस्टरमा फिल्मका सबै कलाकारहरु प्रस्तुत छन् ।

सार्वजनिक पोस्टरमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा र राजाराम पौडेललाई देख्न सकिन्छ । सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’को यसअघि गीत र प्रोमो सार्वजनिक भैसकेका छन् । निर्देशक थापा र नायिका शर्मा मिलेर निर्माण गरेको यो फिल्म कमेडी र लभ स्टोरी जनरामा निर्माण भएको हो ।

‘रामकहानी’ भन्दा पहिले यी दुबैजनाले ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए । गीत, प्रोमो र पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो र प्रतिक्षा निकै बढेको देखिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video