‘हट मोडल’ अस्मिता, रेस्लर जुरेलीपछि   बन्ने भईन गिजिबुकधारी दिनेशकी  हिरोईन (भिडियो)

काठमाडौं–

खोटाङमा जन्मिएका दिनेश सुनुवार शसस्त्र प्रहरी बल खेलकुद शाखामा रास्ट्रिय जिम्न्यास्टिक एण्ड पार्कर खेलाडीको रुपमा कार्यरत छन् । यतिबेला उनको सर्वत्र निकै चर्चा पनि । उनी  ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दुइ पटक आफ्नो नाम लेखाई सकेका कारण पनि सर्वाधिक चर्चित बनेका हुन् । त्यति मात्रै होईन दिनेशकै प्रमुख भूमिकामा चलचित्र समेत निर्माण हुने भएको छ ।   पार्कर विधामा द मस्ट ब्ल्याक ट्वीस्ट वाल इन ३० सेकेन्ड १६ पटक २०१८ मा र द मस्ट ट्वीस्टीङ्ग ब्याक फ्लिप्स वाल इन १ मिनेट मा १८ पटक २०१७ मा गरेर दुइ पटक रेकर्ड राखी सकेका छन् ।

चलचित्र निर्देशक मिलन च्याम्सले उक्त निर्माणाधीन चलचित्रको लागि दश लाख बराबरको इक्युपमेन्ट सहयोग गर्ने उदघोष समेत गरिसकेका छन् । दिनेशको मुख्य अभिनय रहने फिल्ममा  मोडलिङ र रेस्लिङ खेललाइ एकै साथ अगाडी बढाएर चर्चा टुलेकी अस्मिता सुनुवार जुरेलीले हिरोईनको भूमिका निभाउने भएकी छिन् । जुरेली मोडल भएतापनि पछिल्लो समय उनको परिचय रेस्लरको रुपमा रहदै आएको छ । दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा उनको कुशल अभिनय देख्न पाइन्छ । नेपाली चलचित्र भुलभुलैयामा उनी खलनायिका पनि बनिसकेकी छिन् ।

चलचित्रको अन्य टिम र कास्ट भने फाइनल हुन बाँकि रहेको छ । उनले देशको नाम राख्न पाउदा निकै खुसी लागेको बताउछन् । उनि आफ्नो कला कौशलताले देशको नाम चिनाउन लागि परेका छन् । उनि अब तेस्रो रेकर्डको तयारीमा रहेका छन् । आफ्नो कला र मेहनतले बिश्व सामु आफ्नो देश र आफ्नो नाम राख्न सफल भएका दिनेश भबिस्यमा यहि पार्कर क्षेत्रमा नै रहेर अझै ठुलो योगदान गर्ने योजनामा रहेकाछन् ।

भिडियो हेर्नुसः

 

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video