यस्तो देखिए धिरज ‘इन्टु मिन्टु लण्डनमा’ को शीर्ष गीतमा (भिडियो)

काठमाडौं–
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ को को शिर्ष गीत सार्वजनिक भएको छ । रेनाशा वान्तवा निर्देशित फिल्मको सार्वजनिक गीतमा सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको छ । लण्डनमा खिचिएको यो गीतको भिडियोमा धिरज फिचर्ड छन् । सार्वजनिक गीतमा लण्डनको चित्रण गरिएको छ । प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेको यो फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका छ । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् ।

यो फिल्मको सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । अभिमन्यु दिक्षित र रेनाशाको लेखन रहेको फिल्ममा आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।
असोज ५ गतेबाट प्रदर्शनमा आउने मिति तय भएको फिल्ममा प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको छ । फिल्ममा साम्राज्ञी र धिरजको अलवा शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको मुख्य अभिनय रहेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video