यसकारण फिल्म ‘द ब्रेकअप’मा निर्माता र निर्देशकबीचको सम्बन्ध नै ‘ब्रेकअप’ भयो (भिडियो)

काठमाडौं–
फिल्म‘गाजलु’ बाट सहकार्य गरेका निर्माता रोहित अधिकारी तथा निर्देशक हेमराज विसी ‘द ब्रेकअप’ सम्म आईपुग्दा साँच्चिकै ब्रेकअप सम्म पुगेका छन् । रोहितले ‘द ब्रेकअप’ निकै महंगो पारिश्रमिक तिरेर निर्देशकको जिम्मेवारी दिएका थिए ।

यी दुईबीच अष्ट्रेलिया उड्नु अघि कुनै पनि मनमुटाव बाहिरिएको थिएन । तर, नेपाल आए लगत्तै रोहित र हेमराजको ब्रेकअप भयो । निर्माता अधिकारीले आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस लेख्दै आफू र आफ्नो ब्यानर ‘द ब्रेकअप’ बाट अलग भएको जानकारी गराएका थिए ।

फिल्मको बजेट बढ्दा निर्माता अधिकारी र निर्देशकबीच विवाद उत्पन्न भएको स्रोतको दाबी छ । फिल्मको इन्डक्ल्यापमा निर्देशक विसीलाई रोहितसँगको ब्रेकअप हुनुको कारण सोधेपछि उनले कारण भने खुलाउन चाहेनन् ।

उनले रोहितले स्वइच्छाले र आपसी समझदारीबाटै प्रोजेक्ट छाडेको बताए । यद्यपि, उनले कारण भने खुलाउन चाहेनन् ।
फिल्मको निर्माण घोषणाका समयमा अभिनेता सलोन बस्नेत पनि प्रमुख भूमिका रहने बताइएको थियो । पोखरामा उनको १७/१८ सिन पनि खिचिएको थियो । तर फिल्म ‘बाबु कान्छा’ रिलिजताका उनले फिल्म ‘द ब्रेकअप’ छाडेको खबर बाहिरियो ।

त्यतिबेला सलोनले फिल्म ‘यात्रा’ को कारण फिल्म छोडेको बताएका थिए । तर, आफ्नो भागको केही सिन काटिएपछि उनले फिल्म छाडेको बताईएको छ । फिल्मको इन्डक्ल्याप पार्टीमा निर्देशक विसीले उनले व्यस्त सेड्युलका कारण सलोन आपसी समझदारीबाटै फिल्मबाट बाहिरिएको बताए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video