गायक जगदिश समालको अहिलेसम्मकै पृथक गीत ‘बाडुली’ सार्वजनिक, सुनिल र अलिशा छल्किए यसरी (भिडियो)

काठमाडौं–
नेपाली गायनको क्षेत्रमा आधुनिक तथा सुगम संगीत होस या गजल गायन र पार्श्व गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक जगदिश समाल नृत्यपरक गिती भिडियो ‘बाडुली’ मार्फत दर्शकसामू आएका छन् । सालिन स्वाभाव तथा सुमधुर आवाजका धनी गायक समालले यो पटक यसअघि भन्दा केही फरक धारको गीत सार्वजनिक गरेका हुन् ।
डि.पी. खनालका ठेट नेपाली शब्द तथा धनु ज्ञाङ्मीको संगीतलाई उदयराज पौडेलले संगीत सँयोजन गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर/मोडेलर/नायक सुनिल क्षेत्री र नायिका तथा डान्सर मोडेल अलिशा शर्मा फिचर्ड छन् । भिडियोमा भिन्नाभिन्नै ५ वटा चरित्रमा रमाइलो नृत्यका साथमा जोडदार अभिनय हेर्न पाईन्छ। टंक केसी को छाँयाकन रहेको यो भिडियोमा बिकाश ज्ञवालीको सम्पादन रहेको छ भने निरमायालाई सुनिल क्षेत्री स्वयंलेनै कोरियोग्राफी र निर्देशन गरेका छन् । डश म्युजिक नेपाल मार्फत गायक समालको ‘बाडुली’ सार्बजनिक गरिएको हो ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video