निर्दशक दिपेन्द्र लामासँगको लफडाले ‘गोपी’ बाट बाहिरिए खगेन्द्र, खगेन्द्रलाई विर्साउन विपिनको इन्ट्री

काठमाडौं–
निकै धुमधामका साथ निर्माण घोषणा गरिएको फिल्म ‘गोपी’ का मुख्य स्टारर खगेन्द्र लामिछाने र बर्षा शिवाकोटी बाहिरिएका छन् । उक्त फिल्ममा खगेन्द्र र बर्षा शिवाकोटी ‘आउट’ भएसँगै बर्षा राउत र विपिन कार्की सो फिल्ममा ‘इन्ट्री’ भएका छन् । खगेन्द्र लामिछाने निर्माण घोषण हुँदनै ‘गोपी’ का मुख्य अभिनेताको रुपमा थिए भने वर्षा शिवाकोटी पछिल्लो चरणमा फिल्ममा जोडिएकी थिइन्। तर, यी दुवै चलचित्रबाट बाहिरिएका छन् । फिल्ममा सुरक्षा पन्त पहिलेबाट नै मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन्।
फिल्मका निर्देशक दिपेन्द्र लामाले वैचारिक मत भिन्नताका कारण खगेन्द्र लामिछाने फिल्मबाट बाहिरिएको बताए । उनले भने, ‘खगेन्द्र जीसँग केहि वैचारिक मतभेद भएका कारण उहाँ फिल्मबाट बाहिरिनु भयो। अब उहाको स्थानमा विपिन जी आउनु भएको छ । अब केहि दिन वर्कसप गरेर भदौ ३ गतेबाट फ्लोअरमा जानेछौ।’
खगेन्द्र बाहिरिएसँगै अन्तिममा फिल्ममा ‘इन्ट्री’ गरेका अभिनेता विपिन कार्कीले फिल्मको कथावस्तुले आफूलाई छोएकाले छोटै समयमा आफूले ओके गरेको प्रष्ट पारे । फिल्मबाट बर्षा शिवाकोटी बाहिरिएको बिषयमा बोल्दै निर्माण टिमले बर्षाले पुरै स्क्रिप्ट नपढी भूमिका चित्त नबुझेको भन्दै बाहिएको बताएको छ। सुरुवातबाट नै जोडिएकी अभिनेत्री सुरक्षा पन्तले आफुलाई मनपर्ने कलाकारसँग टिमअप भएको कारणले आफु फिल्ममा काम गर्न झन् बढी उत्साहित भएको प्रतिक्रिया दिएकी छिन्।बर्षा शिवाकोटीको ठाउँमा अनुबन्धित भएको बर्षा राउतले फिल्ममा आफ्नो पात्र निकै राम्रो भएको कारण आफू काम गर्न सहमत भएको बताईन् । बर्षा र विपिनको साथमा यो दोश्रो फिल्म हो भने सुरक्षा दुबैका लागि नयाँ हुन् । आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मणिकर्ण केसीको लगानी रहेको छ भने श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video