कतारको दोहामा ‘रमाइलो साँझ–२०७५’ हुँदै, डान्सर रिया श्रेष्ठ लगायत कलाकारले धमाकेदार प्रस्तुति दिने

काठमाडौं–
कतारको राजधानी दोहामा ‘रमाइलो साँझ–२०७५’ आयोजना हुने भएको छ । अंग्रजी मिति अनुसार अगष्ट २४ मा हुन लागेको उक्त कार्यक्रम मुख्यतया शारिरिक अपांगता भएकाहरुको सहयोगको लागि गर्न लागिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा एक खुट्टाले डान्स गर्ने निलम ढुंगाना पहिलोपटक कतारमा सहभागी हुन लागेकी छिन् । दर्शकमाझ एक खुट्टाले नाचेर प्रशंसा बटुल्न सफल ढुंगानालाई साथ दिन युवा ढुकढुकी कमल खत्री, दोहोरीका चर्चित गायक प्रकश कटुवाल तथा गायिका साना महर्जन र स्पृति गौतम पनि कतार पुग्दैछन् ।

त्यस्तै, सोही कार्यक्रममा डान्सर रिया श्रेष्ठले आफ्नो धमाकेदार नृत्य समेत प्रस्तुत गर्ने आयोजकको भनाइ छ । कतारको समय अनुसार दिउँसो २ बजे डल्ला ड्राइभिङ एकेडमीमा आयोजना हुने कार्यक्रमको होष्ट भिजे विवेक खतिवडा रहनेछन् । यो उनको तेस्रो कतार भ्रमण समेत रहेको छ । अपांग बालबालिकाको सहयोगका लागि आयोजना हुन लागेको उक्त कार्यक्रमका लागि सम्पूर्ण कतारवासी नेपालीहरुलाई आयोजकले अपिल समेत गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video