यसरी बाँधिए मायामा आर्यन र सृष्टि (भिडियो)

काठमाडौं–
सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक भएको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा आर्यन र सृष्टि फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र सृष्टिको केमेस्ट्री निकै मिलेको देखिन्छ । सार्वजनिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । गीतको शब्द अत्यन्तै हृदयस्पर्शी रहेको छ । असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । निर्देशक श्रेष्ठले ‘बाँध मायाले’ आफूले बनाएका अन्य फिल्मभन्दा फरक रहेको बताए ।
फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यही फिल्मबाट किशोर खड्काले नायकको रुपमा डेब्यु गरेका छन् ।

गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video