तीन युवाको कथा बोल्ने ‘मिस्टर भर्जिन’मा गौरव र मारिश्काको सम्बन्ध कस्तो ? (भिडियो)

काठमाडौं–
शुक्रवारबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर भर्जिन’ ले आज राजधानीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । केही दिनअघि मात्रै मोफसल टुर सकेको निर्माण टिमले प्रदर्शनको अघिल्लो दिन पत्रकार सम्मेलन मार्फत फिल्मका बारेमा जानकारी दिने प्रयास गरेको हो ।
सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यो फिल्म यौन मनोविज्ञानमा आधारित छ ।

विशारद बस्नेतको निर्देशनमा निर्माण भएको फिल्मले तीन भर्जिन युवाको एक रातको कथा बोकेको छ । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक बस्नेतले पहिलो पटक नेपालमा सेक्स कमेडी फिल्म बनेको भन्दै दर्शकले रुचाउनेमा विश्वास समेत व्यक्त गरे । उनले भने, ‘फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएकै कारण कसैले पनि नाक खुम्च्याउनु पर्दैन । सबैले हेर्न मिल्ने फिल्म बनेको छ ।’ फिल्मको कथावस्तुले युवापुस्तालाई आकर्षित गर्नेमा कुनै दुईमत नभएको उनको भनाइ छ ।
त्यस्तै, अभिनेता गौरवले ‘मिस्टर भर्जिन’ समाजको यर्थाथ कथा रहेको बताए । अभिनेत्री मरिश्काले फिल्मको कन्टेन्ट बलियो भएका कारण दर्शक निराश हुनु नपर्ने बताइन् ।

त्यस्तै, कलाकार कमलमणी नेपालले तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपभित्रै फिल्म घुमेको छ । वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्मित फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह–निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।
फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी रहेको छ । मिलन डी. काप्रीको सम्पादन रहेको फिल्ममा मिस्टर प्रिन्स, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, र आर जे लगायतको संगीत रहेको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video