‘ब्ल्याक’ को निर्माण टिम र कलाकार राजधानीका हल–हलमा, आँचललाई हेर्न यसरी ओइरिए दर्शक (फोटोफिचर/भिडियो)

काठमाडौं–
शुक्रवारदेखि प्रदर्शनमा आएको प्रदिप श्रेष्ठ निर्देशित फिल्म ‘ब्ल्याक’ लाई दर्शकले निकै रुचाएका छन् । शनिबार निर्माण टिम कलाकार आँचल शर्मा, आकश श्रेष्ठ तथा आयुष रिजालका साथ राभजधानीका विभिन्न हलमा पुगेको थियो । पहिले पटक अभिनेत्री आँचल शर्मा फिल्म ‘ब्ल्याक’ अभिनेता पल शाह विना देखिएकी छिन् । यो फिल्म‘मा अभिनेता आकाश श्रेष्ठसँग रोमान्स गरेकी आँचलप्रति दर्शकको निकै क्रेज देखिएको थियो । उनी जहाँ पुग्छिन् त्यहाँ दर्शकको भिड लाग्ने गरेको थियो ।

आँचल लगायत या फिल्मका कलाकार हलमा पुग्दा उनका फ्यान तथा दर्शकको भिडभाडले हुटिङ गरेको थियो । हलमा उपस्थित दर्शकजति सबैले हातहातमा मोवाइल झिकेर तसिवर मात्रै खिचेनन् आँचल लगायत कलाकारहरुसँग सेल्फि पनि खिचेका थिए । उनीहरुले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया पनि दिएका थिए । नायक आयुषले आफू एक्सन हिरोबाट एक्सन खलनायकम परिणत भएको बताए । उनले फिल्म हिँजो भन्दा आज झन राम्रो चल्दै गएको बताए ।

उनले हिँजो रेखा थापाहरुसँग पनि सुहाएको र आज आँचल र आकाशहरुसँग पनि सुहाउनु भनेको समयको माग रहेको प्रतिक्रिया दिए । अभिनेत्री आँचलले चारवटा फिल्म एकैपटक लाग्दा पनि दर्शकले सबै फिल्मलाई माया गरिदिएकोमा खुसी व्यक्त गरिन् । उनले फिल्ममा आफूले न्याय दिन सकेको जस्तो लागेको आँचलको भनाइ छ ।

त्यस्तै, अभिनेता आकाशले आफूहरुले जुन भिन्न सोंचका साथ काम गरिएको थियो त्यही अनुसार दर्शकको पनि भिन्नै माया पाएकोमा खुसी व्यक्त गरे । उनले यो सबै टिमको मिहिनेतले नै सम्भव भएको प्रतिक्रिया दिए । फिल्ममा आकाश र आँचलबीचको प्रेममा आउने उतारचढावलाई देखाईएको छ । यो फिल्म गीत संगीतले यूट्युव तथा अन्य संचारमाध्याममा धेरैको मन जित्न सफल भएको थियो । फिल्ममा आकाश र आँचलका अलवा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्यको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video