मल्टिप्लेक्समा ‘मिस्टर भर्जिन’ लाई उत्साहजनक प्रतिकृया, शोहरु थपिँदै, फिल्म हेर्न किशोर किशोरीको अत्याधिक भिड (फोटोफिचर/भिडियो)

काठमाडौं–
शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘मिस्टर भर्जिन’ ले यती बेला काठमाडौं लगायत उपत्यका बाहिरका हलमा आफ्नो जादु छरिरहेको छ । युवा वर्ग लक्षित ‘मिटर भर्जिन’ले दर्शकहरुबाट निकै राम्रो प्रतिकृया बटुलीरहेको छ । शुक्रबार करिब ७०–८०% को अकुपेन्सी रहेपनि शनिबार भने राम्रो प्रतिकृयाका कारण दर्शकको चाप अझै थपिएको छ । शनिबार काठमाडौंका अधिकांश हल करिब हाउस फुल जत्तिकै रहेको थियो ।
यस्तै दर्शकहरुसँग प्रतिकृया लिनका लागी चलचित्रका कलकार टिम काठमाडौंका विभिन्न हल पुगेका थिए । उक्त ठाउँहरुबाट प्राप्त प्रतिकृयाले निकै हौसिएको र यस्तै सकरात्मक प्रतिकृयाले चलचित्रले थप दर्शक पाउने आशा रहेको कलाकार गौरव पहारीले बताए । शुक्रबारबाट प्रर्दशनमा आएका अरु ३ चलचित्र भन्दा पनि ‘मिस्टर भर्जिन’ मल्टिप्लेक्समा थप अगाडी देखिएको छ । यसै कारण पनि मल्टिप्लेक्समा चलचित्रको शोहरु थपिने क्रम रहेको छ ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video