जब, ‘जय शम्भु’ का तीन स्टार फिल्म हलमा देखिए यसरी छल्कियो दर्शकको क्रेज (भिडियो/फोटोफिचर)

काठमाडौं–
हिँजोदेखि प्रदर्शनमा आएको एक्सन जनराको फिल्म ‘जय शम्भु’ प्रति दर्शकको आकर्षण निकै राम्रो देखिएको छ । जब, ‘जय शम्भु’ को निर्माण टिम र कलाकारको टोली हलमा पुग्थ्यो दर्शक जति फूलमा माहुरी झुमिए झै कलाकारसँग झुमिन पुगिहाल्थे ।

बिशेष गरी फिल्मका कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षाप्रति दर्शकको क्रेज थामिनसक्नुको देखिन्थ्यो । अभिनेता अनुपविक्रम त दर्शकको भिडभाडमै पुगेर ‘जय शम्भु’ भन्दै नारा समेत लगाउन पुगेका थिए । दर्शकहरुले आफ्नै आँखा अघि आफूलाई मन पर्ने हिरो हिरोईन देख्दा निकै खुसी व्यक्त गरेका थिए । कतिपयले अभिनेता अनुपलाई अंगालो हाल्न पुगेको दृश्य कम्ती रोचक देखिदैनथ्यो । बर्षा र प्रशान्तप्रति पनि दर्शको क्रेज कम थिएन । तीनैजना स्टारले फिल्मबाट दर्शकहरुको निकै राम्रो प्रतिक्रिया आएका बताएका थिए ।

यो फिल्ममा एकैपटक र पहिलोपटक दुई ह्याण्डसम भिलेन पर्दामा देखिएकाले पनि फिल्मप्रति दर्शकको क्रेज बढेको हो । अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाही तथा बर्ष शिवाकोटीको यसमा प्रमुख भूमिका छ । फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराबलाई राम्रोसँग देखाउने प्रयास गरिएको छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video