‘म्यान अफ दि इयर २०१८’ मा नेपालबाट सुशान्त काजीले प्रतिनिधित्व गर्ने

काठमाडौं –
‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्त काजी श्रेष्ठले गर्ने भएका छन् । ३१ देखि ३१ अगष्टसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगिताको उनी एक मात्र नेपाली प्रतियोगी हुन् ।१० प्रतियोगीलाई पछि पार्दै ‘मिष्टर काठमाडौ २०१८ं’ बनेका श्रेष्ठले भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत ३० भन्दा बढि राष्ट्रका प्रतियोगीसँग उपाधिका लागि भिड्नेछन् ।
नेपाली कलासंस्कृति झल्कने बिभिन्न पोसाक कार्यक्रमका लागि आफुले तयार पारेको श्रेष्ठले बताए ।

‘नेपाली कलासंस्कृति र भेषभुषा अन्टराष्ट्रिय क्षेत्रमा चिनाउँन मलाई यो एक महत्वपुर्ण अवसर हो’ श्रेष्ठले भने ‘देशको नाम राखेर फर्किने छु ।’ नेपालका मौलिक गीत संगीत समेत आफुले कार्यक्रम लिएर जाने श्रेष्ठले खुलाए ।एक्सपोज नेपालले श्रेष्ठलाई प्रतियोगीतामा पठाउन लागेको हो । बिभिन्न नेपाली कलासंस्कृतिक र पहिचान झल्कने पहिरन सहित श्रेष्ठ प्रतियोगीतामा भाग लिन लागेको एक्सपोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत)ले जानकारी दिइन् ।  प्रतियोगीताका लागि श्रेष्ठ आगामी शुक्रबार अर्थात ८ भदौमा थाइल्याण्ड उड्दैछन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video