‘ब्ल्याक’ हेरेपछि आकाश र आँचलको जोडीप्रति पल शाहको यस्तो प्रतिक्रिया, आकाशले दिए पललाई यस्तो जवाफ (भिडियो)

काठमाडौं–
शुक्रवारदेखि प्रदर्शनमा आएको आँचल शर्मा तथा आकाश श्रेष्ठ स्टारर फिल्म ‘ब्ल्याक’ फिल्मले यतिबेला निकै प्रशंसा बटुल्न सफल भएको छ । फिल्ममा आकाश र आँचलको प्रेम कथालाई निकै रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । प्रदिप श्रेष्ठ निर्देशित यो फिल्ममा आकाश र आँचलको रोमान्स देख्न सकिन्छ । यो फिल्ममा पहिलोपटक अभिनेत्री आँचल शर्मा पल शाहविना देखिएकी छिन् । फिल्म प्रर्दशन पश्चात हलहलमा पुगेकी आँचलप्रति दर्शकको निकै क्रेज देख्न सकिन्थ्यो ।

आँचल र पललाई जोडीको रुपमा समेत लिने गरिन्छ । कतिपयले आँचल विना पल र पल विनाको आँचललाई निकै खल्लो मान्ने गर्छन् । यो फिल्ममा पनि दर्शकले त्यस्तै अनुभव गरेका छन् । आइतवार नायक पल आँचल र आकाश अभिनित फिल्म ‘ब्ल्याक’ हेर्न हलसम्मै पुगे । पलले फिल्म हेरेपछि आँचल र आकाश तथा फिल्म निर्माण टिमको निकै प्रशंसा गरे । त्यस्तै, उनले आकाशसँग पलको जोडी निकै सुहाएको पनि बताए । त्यस्तै, बीचमै आकाशले पल र आँचलको जोडी नै निकै राम्रो लाग्ने गरेको प्रतिक्रिया दिए । त्यस्तै, आँचलले आफ्नो को–एक्टर पलले आफूले अभिनय गरेको फिल्मको प्रशंसा गरेकोमा खुसी व्यक्त गरिन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video