‘जय शम्भु’ हेरेपछि कलाकारले दिए यस्तो प्रतिक्रिया, अनुपलाई पहिलोपटक नजिकै देख्दा यस्तोसम्म भएछ उनको क्रेजी फ्यानलाई (भिडियो)

काठमाडौं–
अभिनेताद्वय प्रशान्त ताम्राकार तथा अनुपविक्रम शाही तथा अभिनेत्री बर्षा शिवाकोटी सटारर फिल्म ‘जय शम्भु’ यतिबेला हल–हलमा निकै प्रशंसा बटुल्दै चलिरहेको छ । एक्सन जनरामा निर्माण भएको यो फिल्ममा दुई ह्याण्डसम खलनायक प्रशान्त तथा अनुपविक्रमको बर्षा शिवाकोटीलाई पाउनको लागि गरेको टकरावलाई प्रस्तुत गरिएको छ । शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्म हेर्न पुगेका दर्शकको कलाकारप्रतिको क्रेज पनि हेरिनसक्नुको देखिएको छ ।

जब, ‘जय शम्भु’ को निर्माण टिम र कलाकारको टोली हलमा पुग्थ्यो दर्शक जति फूलमा माहुरी झुमिए झै कलाकारसँग झुमिन पुगिहाल्थे । आइतवार विभिन्न कलाकारले हलमा पुगेर फिल्म ‘जय शम्भु’ हेरेका छन् । फिल्म हेरेपछि नायक रमेश उप्रेतीले ह्याण्डसम अभिनेता प्रशान्त ताम्राकारको अभिनयको प्रशंसा गरे । त्यस्तै कलाकार वुद्धि तामाङले पनि फिल्मको दिल खोलेर प्रशंसा गरे । अभिनेता सम्राट सोपकोटाले फिल्म हेरेपछि फिल्मममा एक्सनको पक्ष राम्रो भएपनि कथावस्तुमा फिल्म अलमलिएको प्रतिक्रिया दिए ।

त्यहि फिल्म हलमा अभिनेता अनुपकी एकदमै क्रेजी फ्या पनि भेटिईन् । उनले यदि अनुपले डेटिङको अफर गरे सहजै स्वीकार्ने पनि प्रतिक्रिया दिईन् । तर, त्यस्तो अवस्था आउनेमा आफूले कल्पना समेत नगरेको उनको प्रतिक्रिया थियो । उनले पहिलेपटक अनुपलाई नजिकैबाट देख्दा होसहवास नै उडेको बताईन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video