‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन’मा रियल जोडी आयुष्मान र प्रियंका यस्तो अवस्थामा देखिए (भिडियो)

काठमाडौं–
यतिबेला नायिका प्रियंका कार्की तथा नायक आयुष्मान देशराज जोशी नेपाली सिने क्षेत्रमै निकै चर्चामा छन् । उनीहरु कुनै फिल्मको रिल लाईफ भन्दा पनि रियल लाईफ सँगै विताउने निर्णयका कारण उनीहरुको चर्चा थप चुलिएको हो । गएको दुई महिना भित्र उनीहरुले इन्गेजमेन्टको कार्यक्रम पनि सम्पन्न गरेका छन् । त्यसपछि उनीहरु सँगै खेलेको फिल्म ‘चङ्गा चेट’ को गीतको सार्वजनिक कार्यक्रममा सँगै देखिए । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ‘ गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर रहेको गीतमा राजनराज स्वयमको संगीत तथा हरिहर तिमल्सिनाको शब्द रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा तीन जोडी फिचर्ड छन् । फिल्ममा रियल झैं रिलमा पनि आयुष्मान र प्रियंकाको जोडी बाँधिएको छ । कलाकार रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी देख्न सकिन्छ भने कलाकार सन्दिप क्षेत्री र अभिनेत्री परमिता आरएल राणा जोडी छन् । गीतमार्फत् फिल्मको कथा प्रस्ट्याइएको छ । पैसा नहुने मान्छेको कुनै काम नहुने कुरा गीत मार्फत देखाउन खोजिएको छ ।

यो पनि हेर्नुसः

दीपेन्द्र के। खनालको निर्देशन रहेको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक खनालले फिल्म डार्क कमेडी जनरामा निर्माण भएको बताए । उनले भने, ‘बनिरहेका कमेडी फिल्मभन्दा ‘चङ्गा चेट’ केही फरक छ । हँसाउनकै खातिर कुनै पनि संवाद र दृश्य जर्बजस्ती राखिएको छैन ।’

काठमाडौं बसेर संघर्ष गरिरहेका पात्रको कथा फिल्ममा देख्न सकिन्छ । गीत सार्वजनिक गरेसँगै निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । यसअघि भाद्र १५ गते आउने तय भएको यो फिल्मको रिलिज डेट अब कात्तिक १६ गतेलाई लक गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित प्रमुख कलाकारले छायांकन बेलाको रमाइला घट्नाहरु सम्झिएर रमाइलो गरेका थिए । कलाकार सन्दिप क्षेत्रीले फिल्मको सुटिङ कहिले सकियो भन्ने नै थाहा नभएको बताए । उनले छायांकन भरी निकै आनन्द प्राप्त गरेको बताए ।

प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा फिल्ममा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video