रेखाको फिल्म ‘मालिका’ को दोस्रो गीत सार्वजनिक, रेखा र कमलाको यात्रा ‘सर सर’ (भिडियो)

काठमाडौं–
नायिका रेखा थापाको अभिनय तथा निर्माण रहेको फिल्म फिल्म ‘मालिका’ को दोस्रो गीत सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर’ बोलको गीतमा आस्था राउत आबाज रहेको छ । आज सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार रेखा थापा तथा कमला वली फिचर्ड छन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को ‘हल्का माया’ बोलको गीत अहिले चर्चामा छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका थापाले गीतमा छोरी चेलीको आजको अवस्था प्रतिबिम्बित भएको बताईन् । उनले गीतमा समाजमा रहेका असमानता, बिभेद र आक्रमण बिरुद्धको आवाज उठाउने प्रयास गरिएको जानकारी गराईन् । प्राय रेखाले निर्माण गरेका हरेक फिल्ममा नारी सशक्तिकरणको आवाज उठाएको पाईन्छ । फिल्म ‘मालिका’ मा बाल विवाहको कथालाई टिपेकी छन् । सार्वजनिक गीतले पनि मूल कथालाई प्रस्ट्याएको छ । सार्वजनिक गीतको अडियो निकै बलियो छ देखिन्छ । ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गतबर्ष प्रदर्शनमा आएको ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् । उनका यसअघि प्रर्दशित फिल्मले उनलाई एक्सन अभिनेत्रीको परिचय समेत दिएको छ । फिल्मका कार्यकारी निर्माता नर कार्की हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।
आउदो लक्ष्मी पूजालाई रिलिज डेट तोकेको यो फिल्ममा रामशरण उप्रेतीको छायांकन, शिवम अधिकारीको पटकथा, रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video