आकाश र आँचल स्टारर ‘ब्ल्याक’ को तीन दिनको ग्रस कलेक्सन यस्तो, निर्मातामा देखियो यस्तो उत्साह

काठमाडौं–
आँचल शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘ब्ल्याक’ को ब्यापार बम्पर देखिएको छ । ओपनिङ नै निकै सुखद देखिएको यो फिल्मले प्रदर्शनमा आएको तेस्रो दिनमा आईपुग्दा १ करोड ग्रस कलेक्सन गरेको छ । फिल्मकी निर्मात्री आश्मा पाण्डेका अनुसार प्रदर्शनको तेस्रो दिनमा फिल्मले १ करोड १० लाखको ग्रस बिजनेस गर्न सफल भएको हो ।
फिल्मले शनिबार बिदाको दिन फिल्मले प्राप्त अधिकांश शोजहरुमा हाउसफुल बिजनेस गरेको थियो । फिल्मको सुरुवाती बिजनेसले आँचल शर्मा र आकाश श्रेष्ठको स्टारडमको समेत पुष्टि भएको छ ।

निर्माती पाण्डेले सुरुवाती दिनमा दर्शकले दिएको साथ र मायाले उत्साहि भएको भन्दै ‘वर्ड अफ माउथ’ राम्रो मिलेको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘दोश्रो हप्ता पुग्दासम्म दर्शकको फ्लो नघट्नेमा ढुक्क छु ।’

शनिबार राजधानीका राजधानीका हलमा पुगेका आकाश र आँचलप्रतिको क्रेजले पनि फिल्मको संकेत राम्रै देखिएको थियो । जहाँ हाउसफुल दर्शकले ‘ब्ल्याक २’ पनि हुटिङ समेत गरेका थिए । यद्यपि, फिल्मले १ करोड ग्रस गरिसक्दा पनि लगानी पुर्णतः सुरक्षित भने हुनेछैन । दोस्रो हप्तामा पनि फिल्मले राम्रो दर्शक पाउन सकेको खण्डमा भने यो सम्भव देखिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video