सिने जगतमा ‘रामकहानी’ को चर्चैचर्चा, माग्नेबुढाले २५ हजारको खसी काटेको झन् चर्चाको शिखरमा (फोटोफिचर)

काठमाडौं–
भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’ अहिले सर्वाधिक चर्चामा छ । चलचित्रले एउटा छुट्टै हाइप पनि बनाइसकेको छ । चलचित्रको गीत र ट्रेलर सार्वजनिक भैसकेपछि यसले दर्शकमा एक प्रकारको कौतुहलता समेत जगाएको छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा कमेडी, सस्पेन्स र प्रेमलाई स्थान दिइएको छ । तर, चलचित्रको छायांकनको क्रममा पर्दा पछाडि निकै रमाइलो भएको अनुभव यसको टिमसँग छ ।

चलचित्रका मुख्य कलाकार केदार घिमिरेले २५ हजार खर्च गरेर खसी काटेर खुवाएको खबरले पनि चर्चा पाएको थियो ।निर्देशक थापा भन्छन्–‘एउटा चलचित्र निर्माण हुनका लागि सय भन्दा बढी सदस्यहरुको मिहिनेतले काम गरेको हुन्छ । यसैले पनि चलचित्रको पर्दा पछाडिका दुःख र सुख आफैमा संझनलायकका हुन्छन् ।

सुदर्शन थापा र उनको टिमसँग काम गर्दाको अनुभव लामो समयसम्म यादगर हुने अनुभव केदार, जितु, विल्सन, रविन्द्र लगायतको छ । ‘छक्का पन्जा’ ब्रान्डसँग जोडिएर काम गरिरहेका केदार र जितु पहिलो पटक बाहिरी ब्यानरको चलचित्रमा देखिदैछन् । तर, उनीहरुले यो चलचित्रको टिमलाई पनि आफ्नै परिवार भनेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video