‘गोपी’ को सेटमै यसरी मनाए बिपिनले आफ्नो जन्मदिन, दुई बर्षाको द्वन्द्व उत्कर्षमा, बर्षा शिबकोटीलाई राउतको कडा झट्का (भिडियो)

काठमाडौं–
नायक बिपिन कार्कीले आफ्नो जन्मदिन फिल्म ‘गोपी’ को सेट मै मनाएका छन् । सामान्यतया जन्मदिन मनाउने बारेमा कसैसँग पनि खुलेर कुरा गर्न नरुचाउने अभिनेता बिपिनले फिल्मका कसैसँग पनि आफ्नो जन्मदिनको बारेमा कुरा सेयर गरेका थिएनन् । तर, अचानक फिल्मको सेटमा अचानक आफ्नो जन्मदिनको कार्यक्रमको सेलिब्रेसन देख्दा नायक कार्कीलाई एकछिन त सर्पराईज नै भएको थियो रे । ‘गोपी’ को सेटमा यो जन्मदिन पार्टी अरु कसैले नगरेर फिल्म जात्रादेखि उनको कोएक्टर हुँदै आएकी नायिका बर्षा राउतले गरेकी थिईन् । त्यसैले त बिपिनले आफ्नो जन्मदिन पार्टीको आयोजक भनेर नायिका राउतलाई उपमा समेत दिन भ्याए । बिपिनले यतिसम्म पनि भन्न भ्याएकी सायद सुरुदेखि सगै काम गरेकाले पनि होला उनलाई बर्षा निकै नजिक पनि लाग्छ रे ।

उनले बर्षासँग आफूले धेरै कुरा सेयर गर्ने पनि जानकारी गराए । बर्षाले पनि गएको बर्ष बिपिनको जन्मदिन मनाएकाले अहिले आफूलाई याद भएको बताईन् । केही दिन पहिले मात्रै अभिनेता खगेन्द्र लामिछाने र बर्षा शिवाकोटी फिल्मबाट बाहिरिएसँगै बिपिन र बर्षा राउत भित्रिएका थिए । त्यसैले बर्षा राउतले बर्षा शिबाकोटीसँगका केही असन्तुष्टि समेत सार्वजनिक गरिन् । नेपाली सिने उद्योगमा प्राए आफ्ना समकालिनहरुप्रति तिखो टिप्पणी गर्ने पुरानै परम्परा समेत देखिएको छ ।

पछिल्लो समय दुई बर्षाका बीचमा शितयुद्ध चलिरहेको छ । उनीहरुको सम्बधलाई लिएर यसअघि पनि धेरै समाचार सार्वजनिक नभएका होईनन् । तर, दुबैजनाले सार्वजनिक रुपमा टार्दै नआएका पनि होईनन् । तर, उनीहरुबीचको सम्बन्ध राम्रो पनि छैन । नायिका बर्षा राउतले बर्षा शिवाकोटी आफ्नो बेइज्जेत हुँदा रमाउने गरेको आरोप लगाएकी छिन् । बर्षा राउतले बर्षा शिबाकोटीले आफूले छाडेको फिल्म खेलेको भन्दै हिँडने गरेकोमा आपत्ति जनाईन् । उनले बर्षाले जेसुँकै आरोप लगाए पनि आफूले दर्शकलाई राम्रो फिल्म दिईरहने उनी जस्तै बच्चा जस्तो जवाफ फर्काउने आफूलाई फुर्सद नभएको बताईन् । बर्षा राउतले बर्षा शिवाकोटीले जे सोंचे पनि आफूले उनको लागि राम्रै सोंच्ने बताईन् । यसअघि पनि बर्षा शिबाकोटीले आफू ‘मेरो पैसा खोई’ मा आएपछि फिल्म छाडेर गएको खुलासा गरिन् ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video