बलिउडकी हट नायिका सन्नी लियोनीसँग रोमान्स गर्दै अनुपविक्रम

काठमाडौं–
बलिउडमा उधुम मच्चाएकी चर्चित तथा हट नायिका सन्नी लियोनीले अब नेपाली फिल्ममा पनि अभिनय गर्ने भएकी छिन् । उनले नेपाली फिल्म ‘पासवर्ड’ मा अभिनय गर्ने पक्का भएको हो । लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनीले निकै महंगो रकम लिएको बुझिएको छ । बलिउड र नेपाली फिल्मको सहकार्यमा निर्माण हुने उक्त फिल्ममा चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका चर्चित कलाकाहरुको समेत अभिनय रहने बताईएको छ । निर्माण टिमले जनाए अनुसार फिल्ममान अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ ।

नायक अनुपले सन्ननी लियोनीसँग आफूले फिल्म खेल्न लागेको स्वीकारे । यद्यपि, उनले अब सन्नी लियोनी र आफूहरुको भूमिकाबारे थप खुलाउन भने चाहेनन् । उनले सन्नीसँग आफ्नो सिन भएको भने खुलाए । सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने फिल्मको बिषयवस्तुको बारेमा केही बताइएको छैन ।

निर्माणपक्षका अनुसार नेपाली र बलिउड चलचित्रको संकृतीलाई एकसाथ जोड्नका लागि यो चलचित्र निर्माण गर्न लागिएको हो । प्राविधिकदेखि चलचित्र खिच्नका लागि प्रयोग हुने सबै सामाग्री भारतबाटै लगिने बताईएको छ । नायक अनुप फिल्मको सुटिङका लागि केही दिन भित्रै लण्डन जाने तयारीमा छन् भने नायिका सन्नी लियोनी केही दिनमा लण्डन पुग्दैछिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video