‘नाईं नभन्नू ल ५’को प्रचार–प्रसारमा कुनै फण्डा नै देखिएन, निर्माण टिमलाई यसकारण विश्वास छैन फण्डामा

काठमाडौं–
शुक्रवारबाट प्रदर्शनमा आउन लागेको ‘नाईं नभन्नू ल ५’ दर्शकका लागि निकै प्रतिक्षित फिल्मको रुपमा देखिएको छ । यसअघि बनेका फिल्मका सिरिजका कारण पनि यो फिल्म अधिक दर्शकको प्रतिक्षित फिल्म बन्न पुगेको हो । । ‘नाईं नभन्नू ल ५’ यसअघि सार्वजनिक गीतसंगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण पनि निकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको हो ।

बक्सअफिसमा यसअसिघ प्रदर्शन भएका कुनै पनि सिरिज असफल छैनन् । व्यापारमा तलमाथि भए होलान तर, चारै सिरिजले निकै राम्रो व्यवसाय गर्न सफल भएका थिए । त्यसैले पाँचौ सिरिजमा पनि इतिहाँस दोहोरिनेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।

तर, खोइ किन हो फिल्मको वेट अनुसार निर्माता विकासराज आचार्यले फिल्मको प्रचार –प्रसार भनेद उति गरेका छैनन् । फिल्म निर्माण कर्ताले पछिल्लो समय दर्शकलाई फिल्मप्रति आकर्षित गर्न अनेक फण्डा अपनाउने गरेका छन् । ‘नाईं नभन्नू ल ५’ यो फण्डामा कतै सहभागी देखिएको छैन । यद्यपि, यस फिल्मका कुनै पनि श्रृंखलाको प्रचारमा फण्डा प्रयोग गरेको पाईदैन ।
यसअघि पनि सीमित सञ्चारमाध्यमबाट मात्र फिल्मको जानकारी दर्शकमाझ पुर्‍याइएको थियो । यो फिल्ममा पाँचौ सिरिजमा पनि पुरानै प्रचार शैलीलाई पच्छाइएको छ । निर्देशक आचार्य नेपाली फिल्मका नियमित दर्शकलाई ‘नाईं नभन्नू ल ५’ भाद्र ८ गते प्रदर्शन हुने कुरा ज्ञान भैसकेकोमा ढुक्क छन् ।

उनले भने, ‘गीत र ट्रेलरमार्फत् फिल्म कहिले आउँछ भन्ने अधिकांश नेपालीलाई थाहा भइसकेको छ । रोड कन्सर्ट, कलेज क्याम्पियन, उपहारका योजना र कुनै प्रतिस्पर्धाको घोषणा आजसम्म मैले गरेको छैन र यसपटक पनि गरिनँ ।’

तैपनि, बर्षमा दर्जनौ फिल्म प्रदर्शनमा आउदा दर्शक भ्रममा नपर्लान भन्न सकिन्न । प्रचारले दर्शकले फिल्मको बारेमा थाहा पाउने मौका पाउन सक्छन् । तर, यो टिमले अहिलेसम्म आक्रामक प्रचारमा विश्वास गरेको देखिदैन ।

‘नाईं नभन्नू ल’ टिमलाई भने प्रचारमा खासै विश्वास देखिन्न । चर्चित फ्रेन्चाइज भएका कारण दर्शकलाई हलसम्म तान्न गाह्रो नहुने सोचाई निर्मातामा छ । उता ‘नाईं नभन्नू ल ५’ मा अभिनय गर्ने प्रमुख कलाकारहरु पनि उस्तै व्यस्त छन् । लिड अभिनेत्री स्वस्तिमा खड्कादेखि प्रियंका कार्कीलाई एकपछि अर्को फिल्मले फुर्सद जुटाउन समेत मुश्किल छ । बेफुर्सदिला कलाकारलाई निर्माण टिमको यो कार्यले सहयोग नै पुगेको छ । अन्य फिल्ममा फिल्मको प्मोसनको समयमा निर्माण टिम र कलाकारबीच दोहोरी नै चल्ने गरेको नजिर पनि छन् । तर, यो फिल्ममा निर्माण टिमले कलाकारको व्यस्ततासँग कुनै मन दुखाउनु परेको छैन ।

सामान्य प्रचारसँगै प्रदर्शनमा आउन लागेको हेवी फिल्मको व्यापार कस्तो होला ? धेरैको प्रतिक्षा बनेको छ ।

‘नाईं नभन्नू ल’ एउटा फिल्म भन्दा पनि ब्राण्ड भनेर फिल्म उद्योगमा परिचित भैसकेको छ । फिल्ममा मर्मस्पर्शी गीतसंगीत, बाल कलाकार अनुभव रेग्मीको उपस्थिति र इमोसनल कथाले नेपाली फिल्म प्रमीको बीचमा छुट्टै छाप बसाउन सफल भैसकेको छ ।

यो सिरिजमा फिल्ममा केकी अधिकारी, निरुता सिंह, स्वस्तिमा खड्का, दीलिप रायमाझी थपिएका छन् । यस्तै, ‘नाईं नभन्नू ल ५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव–नायक अभिषेक नेपाल समेत डेब्यु छन् । फिल्म प्रदर्शनमा आउनु अगाबै अनुभव र सेड्रिनाको अभिनयलाई लिएर निकै चर्चा परिचर्चा समेत भएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video