‘रामकहानी’ को ‘आएँ म तिम्रो छेउ’ मा पूजा र आकाशको प्रेम यसरी छल्कियो (भिडियो)

काठमाडौं–
सुदर्शन थापा निर्दशित फिल्म ‘रामकहानी’ को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिएसँगै अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘रामकहानी’ को ‘आएँ म तिम्रो छेउ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको आबाज रहेको छ । सार्वजनिक गीतले गीतले प्रेमभाव बेकेको छ । लिरिकल भिडियोमा आकाश र पूजाको रोमान्टिक चल र अचल दृश्यहरु समावेश छन् ।

निर्देशक थापाले फिल्म रोमान्टिक प्रेमकहानीमा बनेको बताएका छन् । ‘प्रेमगीत’, ‘मेरो एउटा साथी छ’, ‘म यस्तो गीत गाउँछु’ जस्ता उत्कृष्ट फिल्म पस्किसकेका निर्देशक थापाबाट दर्शकले त्यस्तै अपेक्षा राखेका छन् ‘रामकहानी’ मा पनि ।
ट्रेलर र गीतसंगीतले फिल्मको हाइप निकै चुलिएको छ । बक्सअफिस नतिजालाई लिएर पूर्वअनुमान पनि लगाउन सुरु भएको छ । मल्टिस्टारर यस फिल्मको इनिसियल व्यापार आक्रामक हुने अनुमान गरिएको छ । निर्माण टिमले फिल्मको प्रचार प्रसारलाई अझै आक्रामक बनाउने तयारी गरेको छ ।

भाद्र २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा पूजा र आकशका अलवा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ । अभिनेत्री पूजा र निर्देशक थापाले संयुक्त रुपमा निर्माण गरेको यो फिल्ममा निर्देशक थापाकै कथा रहेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video