‘रोज’ को ट्रेलर सार्वजनिक, अभिनेता प्रदिपले आफ्नै प्रेमिकामाथि गोली चलाए (भिडियो)

काठमाडौं–
अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोज’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आज पत्रकारहरुको साथमा युट्यु मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि
‘फूल होइन’ बोलको गीत सार्वजनिक भएसँगै फिल्मको निकै चर्चा–परिचर्चा भएको थियो । गीत सार्वजनिकसँगै फिल्मको ट्रेलर समेत निकै प्रतिक्षित बनेको थियो । आज सार्वजनिक कलरफूल ट्रेलरले फिल्मको मुख्य भाव नै प्रष्ट पार्न खोजेको आभाष हुन्छ ।

ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै कुरालाई समेट्ने प्रयास गरिएको छ । ट्रेलरमा अभिनेता खड्का रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देखिएका छन् । एक सिक्वेन्समा उनले आफ्नै प्रेमिका परमिता आरएल राणामाथि गोली चलाएका छन् ।
प्रदीपलाई प्रेमिकाको हत्या अभियोगमा अदालतको कठघरादेखि जेल जीवन विताइरहेको देखिन्छ भने उनलाई छुटाउन अभिनेत्री मिरुना मगर वकिल बनेर अदालतमा बहस गरिरहेकी छन् । ट्रेलरमा मिरुना र प्रदीपको रोमान्टिक सिन पनि राखिएको छ । अभिनेता कर्मा शाक्य भने डिएसपीको भूमिकामा छन् । प्रदिपमाथि लागेको एउटै आरोप थियो उनको हरेक फिल्ममा एउटै भूमिका हुन्छ । तर, रोजले उनलाई लाग्ने सबै आरोपलाई पखाल्ने प्रयास गरेको देखिन्छ । लभ जनराका फिल्ममा निकै रुचाईएका प्रदिप पहिलो पटक क्राइम थ्रिलर फिल्ममा देखिदैछन् ।

यो फिल्ममा उनी भिन्न लुक्समा देखिएका छन् । लुक्स परिवर्तनकै लागि उनले धेरै मिहिनेत समेत गरेका छन् । ‘लिलिबिली’ पछि पर्दामा नदेखिएका प्रदिप अभिनित यो फिल्म ‘रोजी’ बाट ‘रोज’ भएको हो । नेपालमा क्राइम थ्रिलर जनराका फिल्म नचलिरहेको अवस्थामा यस फिल्मले भने सम्भावना देखाएको छ ।

ट्रेलरले फिल्मप्रतिको उत्सकुता निकै बढाएको छ । नीरक पौडेल निर्देशित उक्त फिल्म भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको छ । फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढावलाई प्रष्ट्याउन खोजेको छ ।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा तयार भएको फिल्मको सम्पादनको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । अर्जुन पोखरेलको संगीत रहेको ‘रोज’ मा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी तथा राजु विक्रम थापाको छायाँकन रहेको छ । उद्धव पौडेलको प्रस्तुति रहेको फिल्ममा आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ ।
ट्रेलर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video