‘नाइँ नभन्नू ल–५’ देशैभरका पर्दामा, आजदेखि दर्शकको लामो प्रतिक्षा समाप्त

काठमाडौं–
सुरुवातदेखि नै सिनेमा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल फिल्म ‘नाइँ नभन्नू ल’ को पाँचौं सिरिज यानेकी फिल्म ‘नाइँ नभन्नू ल–५’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । यसअघि फ्रइडे रिलिज अन्तर्गत चार नेपाली फिल्मको भिडन्त परेकोमा यो पटक भने फिल्म ‘रेनी’ ‘नाइँ नभन्नू ल’ को आम्नेसाम्ने देखिएको छ ।

पहिलो सिरिजदेखिनै कलाकार अनुभव रेग्मी, गीतसंगीत तथा इमोस्नल स्टोरीले आफ्नो फरक पहिचान बनाउन सफल फिल्मले यो सिरिजमा पनि गीतसंगीत र ट्रेलरका दर्शकको मन जित्न सफल भैसकेको छ । निर्देशकिय हिसावले ‘भेट्रान’ निर्देशकको परिचय बनाउन सफल विकासराज आचार्यले निर्देशन तथा निर्माण रहेको यो फिल्ममा नेपाली सिने उद्योगकै चर्चित कलाकारको अभिनय रहेकाले पनि फिल्म प्रतिक्षित तथा थप चर्चामा छ ।
यो फिल्ममा बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटक पनि निरन्तरता छ । त्यस्तै खारिएका कलाकारहरु निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्कालगायत कलाकारको यो फिल्ममा इन्ट्री पनि अर्को प्रतिक्षित हुनुको कारण हो । ‘नाइँ नभन्नू ल–५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव–नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् ।
यो पटक फिल्मको छायांकन पूर्वी नेपालको इलाम र झापालाई छानिएकाले पनि लोकेसनको उतिकै चर्चा छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।

बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् । उनका अनुसार, सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमिली ड्रामा फिल्म हो ।
फिल्मको कथा निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा लेखेका हुन् ।पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत तथा अर्जुन जिसीको सम्पादन रहेको यो फिल्मको व्यवसाय रामै्र हुने अनुमान गरिएको छ ।
त्यस्तै, आजैदेखि गिरिश रिजाल निर्देशित फिल्म ‘रेनी पनि प्रदर्शनमा आएको छ । लभस्टोरी जनरामा निर्मित यो फिल्मलाई बिमला मल्ल र संजीव मल्लले निर्माण गरेका हुन् । फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साललगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video