सार्वजनिक भयो साम्राज्ञीको नयाँ प्रेमकहानी, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका पुत्र देवाशं साम्राज्ञीको नयाँ प्रेमी

काठमाडौं–
केही न केही कुराले लगभग लफडामा परिरहने नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । कहिले सामाजिक सञ्जालमा सार्वजनिक फोटोको कारणले उनको चर्चा हुन्छ त कहिले प्रेम सम्बन्धमा दरार उत्पन्न भएका कारण उनको चर्चा हुने गर्छ । यतिबेला साम्राज्ञी प्रेम सम्बन्ध जोडिएका कारण चर्चामा छिन् । यतिबेला अभिनेत्री साम्राज्ञीको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणासँगको प्रेमसम्बन्ध सार्वजनिक भएसँगै उनी चर्चामा छिन् ।

उनीहरू तीन महिनादेखि प्रेम सम्बन्धमा रहेको खुलेको हो । नेपाली फिल्ममा हट नायिकाको रुपमापरिचित साम्राज्ञी युवा पुस्तामाझ लोकप्रिय पनि छिन् । उनका फिल्महरु सफल पनि छिन् । तर, उनले सानै उमेरमा ब्रेकअप र अफेयरको चक्कर भने धेरै बेहोरेकी छिन् । साम्राज्ञीले अभिनय गरेको ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मकी निर्देशक रेनशा बान्तवा राईको जन्मदिनका बेला उनको देवांशसँगको नयाँ प्रेम सम्बन्धको खुलासा भएको हो । उक्त जन्मदिन पार्टीमा साम्राज्ञी र देवांशले ‘क्लोजप’ सेल्फीमात्र खिचेनन्, आलिंगनमा बाँधिएर पनि नाँचेको समेत खुलेको छ । साम्राज्ञीको एउटा बानी नै छ उनले आफ्ना हरेक प्रेमीलाई फिल्मका कार्यक्रममा लैजाने गर्छिन् । देवांशको फिल्मी युनिटसँग परिचय नभए पनि साम्राज्ञीका कारणले त्यहाँसम्म पुगेका थिए । देवांशले स्वजरल्यान्डको एक कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्राजुएसन गरेका छन् ।

यसअघि उनको डेजाभू क्लवमा सञ्चालक मयंक खड्कासँगको प्रेम सम्बन्ध पनि उनको निकै चर्चित बनेको थियो ।
केही समयअघि मात्र मयंकसँग उनको ब्रेकअप भएको थियो । मयंक ३३ लाख ठगीको काण्डमा प्रहरीको नियन्त्रणमा समेत परेका थिए ।

सामाजिक सञ्जालमा दुवैको प्रेमिल तस्बिर सार्वजनिक भइरहे । साम्राज्ञीको फिल्म सुटिङस्थलमा मयंक पुगिरहन्थे । दुबैको प्रेम सार्वजनिक भएको थियो । उनीहरुको प्रेम कसैसँग लुकेको थिएन ।

त्यतिबेला मयंकले भनेका थिए,‘हामी रिलेसनमा थियौं तर ब्रेकअपको कारण भने खुलाउन चाहन्नँ ।’ करिब चार वर्ष अघिदेखि ग्ल्यामर यात्रा सुरु गरेकी साम्राज्ञी र मंयकबीचको भेट र प्रेम यात्रा उनीहरुले तस्बिर सार्वजनिक गर्न थालेपछि खुलेको थियो ।
अहिले देवांशसँगका तस्बिरहरू त्यसरी नै सार्वजनिक हुन थालेका छन् । इन्टु मिन्टु लन्डनको छायांकनको बेला देवांशसँग साम्राज्ञी नजिकिएको थाहापाएरै मयंक उनीसँग टाढिएको बताईन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video