‘क्याप्टेन’ को फष्ट लुकमा खेलाडीको अबतारमा देखिए अनमोल

काठमाडौं–
चर्चित युवा स्टारर अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’ को फष्ट लुक सार्वजनिक भएको छ । अभिनेता अनमोलको निकै प्रतिक्षित मानिएको यो फिल्मको सार्वजनिक पोष्टरमा अनमोलले खेलाडीले बल हान्न लागेको जस्तो पोजको पोष्टर सार्वजनिक गरिएको हो । शनिवार सार्वजनिक गरिएको पोष्टरमा अनमोललाई खेलाडीको भेषमा देखाईएको छ । फिल्ममा अनमोलसँगै कोएक्टरको रुपमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् । यी दुई लेडीको लागि ‘क्याप्टेन’ डेब्यु फिल्म रहेको छ ।

फिल्ममा अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका पनि मुख्य भूमिकामा देखिएका छन् । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video