अनुभवसँगै हल–हलमा पुगेकी सेड्रिनाले दर्शकको माया देखेर सकिनन् आँशु रोक्न, बगाईन यसरी हर्षका आँशु (भिडियो)

काठमाडौं–
हिँजो शुक्रवारदेखि प्रदर्शनमा आएको विकाशराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल–५’ को प्रारम्भिक प्रतिक्रिया निकै सुखद रहेको छ । शनिवार फिल्मका निर्देशक विकाशराज आचार्यसहित फिल्म भित्रका निकै चर्चित पात्र अनुभव रेग्मी तथा सेड्रिना शर्मा लगायतको टिम राजधानीका विभिन्न हलमा पुगेका थिए । फिल्म हलमा उपस्थित दर्शकले सेड्रिना र अनुभवलाई हात हल्लाएर स्वागत गरेका थिए ।

अनुभव ‘नाइँ नभन्नु ल’ मा सुरुवातदेखि अभिनय गर्दै आएका पात्र हुन् भने सेड्रिनाले यसै सिरिजबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । फिल्मको छायाँकनदेखि नै अनुभव र सेड्रिनाका बारेमा धेरै समाचार सार्वजनिक भैरहेका कारण पनि यो फिल्म बिशेष यी दुई जनाको कारण पनि अलि बढी प्रतिक्षामा थियो । फिल्म प्रदर्शनपछि हल हलमा पुग्नु सेड्रिनाका लागि निकै नौलो बिषय पनि थियो । पहिलो फिल्ममै दर्शकको यति धेरै मायाँ पाउदा सेड्रिनाले खुसी आँसु रोक्नै सकिनन् र उनी रोईन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video