रियल प्रेम जोडी सौगात र सृष्टि ‘मासु भात’ मा एकसाथ देखिदै

काठमाडौं–
निर्देशक सञ्जीव न्यौपानेले रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा उतार्ने भएका छन् । गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेको यो जोडीलाई सँगै हेर्ने हेर्ने दर्शकको रहर फिल्म ‘मासु भात’ ले पुरा गर्ने भएको हो ।

सौगात–सृष्टिले मनले खाने कथा र भूमिका पाए सँगै खेल्ने इच्छा व्यक्त गर्दै आएका थिए । दुवैले फिल्म साइन गरिसकेका छन् । हाल फिल्मको लोकेसन सर्च गर्ने काम भैरहेको छ ।

फिल्मको लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको बताईएको छ । अन्य कलाकारको भने केही दिनमै नाम घोषणा गरिने बताईएको छ ।
सौगातले यसअघि निर्देशक न्यौपानेको निर्देशनमा बनेको सिन्धुपाल्चोककी डोल्मा तामाङको वास्तविक कथामा निर्माण भएको फिल्म ‘स्टोरी अफ अ तामाङ गर्ल’ मा काम गरेका छन् । निर्देशक स्वयमको कथा ‘मासु भात’ को बाँकी कलाकार को हुनेछन् केही दिन धैर्यता गर्ने पर्ने देखिन्छ । यसअघि प्रदर्शनमा आएको फिल्म ‘लालपूर्जा’ मा पनि सौगात र सृष्टिले काम गरेका थिए । यद्यपि, उक्त फिल्ममा यी दुईको एकअर्कासँग कुनै दृश्य थिएन । लामो प्रतिक्षा गरेका दर्शकले अब भने रियल कपललाई एकैसाथ देख्ने निश्चित भएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video