अष्टनारायण हलमा पुगेका अनुभव र सेड्रिनाप्रति देखियो दर्शकको यस्तो क्रेज, ताली र हुटिङको भव्य स्वागत (भिडियो)

काठमाडौं–
गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्न्नु ल–५’ ले दर्शकको रामै्र मन जितिरहेको छ । फिल्मसँगै कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको क्रेज पनि अत्याधिक देखिएको छ । बालाजु वाइपासमा रहेको अष्टनारायण हलमा फिल्मका अन्य कलाकार तथा निर्माण टिमसँग पुगेका अनुभव र सेड्रिनालाई देख्नासाथ दर्शकले ताली बजाएर हुटिङ गरेका थिए । उनीहरु दुबैजनासँग उनीहरुका क्रेजी फ्यानले अंगालो मार्दै सेल्फी समेत खिच्न भ्याएका थिए ।

‘नाइँ नभन्नु ल’ को सुरुवातदेखिनै ब्राण्ड बनेका अनुभव तथा यही सिरिजबाट नेपाली फिल्ममा डेब्यु गरेकी सेड्रिनाको जोडीलाई लिएर सामाजिक सञ्जालमा समेत निकै क्रियाप्रतिक्रिया आईरहेका छन् । शनिबार सिनेमा हलमा पुगेकी सेड्रिनाले दर्शकको अपार माया देखेर आँशु समेत झारेकी थिईन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video