जान्नुहोस् ‘नाइ नभन्नु ल ५’ को ३ दिने कलेक्सन

तुलसा कार्की,काठमाडौं /शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म नाईँ नभन्नू ल -५ ले सुरुवाती विजनेसमा आफुलाई अब्बल साबित गरेको छ । तुलनात्मक रुपमा पहिलो दिन केहि कमजोर देखिएको फिल्मको बक्सअफिस कलेक्सन शनिबार र् आईतबार निकै राम्रो पाइएको छ ।

१ करोड ३५ लाखको लगानी बनेको भनिएको फिल्म नाईँ नभन्नू ल -५ ले अपोनिङ डे ४६ लाख कलेक्सन गर्न सफल भएको थियो भने शनिबार अल नेपाल १ करोड २ लाख र आईतबार अल नेपाल ७४ लाखको व्यापार गर्न सफल बन्दै यो बर्षकै सबैभन्दा राम्रो कमाई गर्ने पहिलो फिल्म बन्न सफल भएको छ ।

फिल्मले लगानी रिकभर गर्न यो प्रकारको विजनेसलाई निरन्तरता दिनुपर्ने हुन्छ । तर सोमबार परेको गाइजात्राको बिदा र यो पछिको बिमस्टेक सम्मेलनको राष्ट्रिय बिदाले फिल्मको बिजनेसलाई प्लस गर्नेमा निर्माण टिम आशावादी छ । मल्टिप्लेक्सम तथा सिंगल स्कृन सबैतिर फिल्मको बिजनेस उत्साहप्रद छ  ।

विकासराज आचार्यको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रिना शर्मा, दिलिप रायमाझी, अभिषेक नेपाल, निरुता सिंह, केकी अधिकारी लगायत लिड अभिनयमा छन् ।


भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video