प्रचार प्रसारको दौड्धुपमा ‘मेरी मामु’लाई कति फाईदा ?

तुलसा कार्की,/ भाद्र १५ गतेबाट देशब्यापी प्रर्द्शनमा आउन लागेको फिल्म ‘मेरी मामु’ टिम यतिबेला फिल्मको प्रचार प्रसारमा निकै ब्यस्त छ । ‘मेरी मामु’ भन्नासाथ फिल्मका निर्माता सन्तोष सेनको नाम अगाडि आउने गर्छ । सन्तोष सेन अहिले प्रदर्शनोन्मुख फिल्मको प्रचार प्रसारका लागि निकै दौडधुप गरिरहेका छन् ।

सन्तोष सेन एक यस्ता निर्माता अन्तर्गत पर्दछन्, उनले आफ्नो निर्माणमा बन्ने हरेकजसो फिल्मको प्रचार सिधा दर्शक केन्द्रित गराउँछन् । मिडिया तथा सोसियल मिडियामा बन्ने हाइपलाई आत्मसाथ गरेर सेन ‘मास’सम्म पुग्छन् । यतिबेला पनि उनि बाल मनोविज्ञानमा आधारित भनिएको फिल्मको मुख्य तार्गेट स्कुल-स्कुल बनाइरहेका छन् । स्कुलका बिधार्थीसँगै उनिहरुको अभिभावकहरुलाई कसरी हलसम्म तान्ने भन्ने ध्येय सेनको छ ।

स्कुल केन्द्रित प्रचार अभियानपछि यतिबेला कन्सर्ट अभियान चलाइरहेको निर्माण टिमले मुख्यतः फिल्मको इनिसियल बिजनेसलाई केन्द्र बनाएको छ । सुरुवाती दिनको बिजनेसमा दर्शक तान्दा त्यसपछि ‘वर्ड अफ माउथ’ले फिल्मको बिजनेस माथी उठ्ने दाबी सेनले यसअघि नै गर्दै आइरहेका छन् । तर सेनले यो भन्दा नभन्दा मुख्य कुरा फिल्मको विषयवस्तु हुनेछ । फिल्म राम्रो र फिल्मले उठाएको कन्टेन्ट पावरफूल हुँदा पक्का पनि दर्शक हलमा पुग्नेमा शंका हुनेछैन् ।

अहिले तुलनात्मक रुपमा नेपाली फिल्म क्षेत्रमा बालबालिकालाई केन्द्रित बनाएर फिल्म बनाउनेको क्रम बढ्दो हुँदा यसकै निरन्तरता स्वरुप बनेको अर्को फिल्म हो ‘मेरी मामु’ । यो फिल्ममा सेनले आफ्नै सात बर्षिय छोरालाई लिड रोलमा राखेका छन् । केन्द्रिय पात्र आयुव सेनलाई मुख्य हतियार बनाएर सन्तोषले फिल्मको कन्टेन्ट दर्शकमाझ पुर्याइरहेका छन् ।

यम थापाको लेखन निर्देशनमा बनेको फिल्ममा आयुवसँगै कुसुम गुरुङ, अश्लेशा ठकुरी, सारुक ताम्राकार दुर्गा मल्ल लिड रोलमा छन् । यहि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मले कस्तो ओपनिङ गर्छ र कस्तो कन्टेन्ट बोकेको छ त्यो भने रिलिजपछि थाहा हुनेछ । फिल्मको सुरुवाती दिनको बिजनेसले नै सफलता र असफलताको सुत्र मापन गर्नेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video