‘पासवर्ड’ मा सन्नी लियोनसँग अनुपविक्रमको स्कृनसेयर हल्ला मात्रै, सन्नीसँग बिक्किले रोमान्स गर्दै

काठमाडौं–केही दिन अगाडी देखि सन्नी लियोनीले नेपाली फिल्ममा अनुप बिक्रमसँग स्कृनसेयर गर्ने हल्ला अहिले अनलाइन मिडियाहरुमा निकै चर्चामा रहेको बिषय बनिरहेको छ । यसै क्रममा फिल्म निर्माण टिमले आधिकारिक धारणा बाहिर ल्याएको छ ।

फिल्म निर्माण टिमका अनुसार, नेपाली फिल्म ‘पासवर्ड’मा सन्नी लियोनीले विक्कि जोशीसँग आईटम डान्समा गर्दै छन भने सो गीतको छायांकन लण्डनमा हुनेछ । यो गीतको छायांकनका लागी सन्नी लियोनी केही सातामै लन्डन जादैछिन् ।

फिल्ममा उनको स्पेसल अपिरिएन्स समेत हुनेछ । गीतलाई भारतबाटै आउने कोरियोग्राफर सहितको टीमले नृत्य निर्देशन गर्नेछ । एबी इन्टरनेसनलले पहिलो प्रोजेक्टको रुपमा ल्याउन लागेको यो फिल्मको पहिलो समाचार छापिए संगै चर्चा चुलिरहेको छ ।

फिल्ममा विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत लगाएत फिल्मका मुख्य कलाकार रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video