न्युयोर्कमा धुमधामसँग गरियो साहित्यकार कृसु क्षेत्रीको ‘चराको गीत’ को लोकार्पण (फोटोफिचर)

काठमाडौं–
सुपरिचित साहित्यकार कृसु क्षेत्रीको निकै प्रतिक्षित कृति ‘चराको गीत’ (कविता सङ्ग्रह) को लोकार्पण भएको छ । नेपाल सरकारको वाणिज्य दूत समेत रहेका क्षेत्रीको अगस्ट २५ तारिखमा न्युयोर्क सहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा उक्त कृतीको लोकार्पण गरिएको हो ।

महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले उक्त कृती ‘चराको गीत’ को लोकार्पण गरेका हुन् । युएसनेपाल अनलाईनको आयोजनामा आयोजित उक्त समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको अध्यक्षतामा सम्पन्न भएको हो । समकालीन नेपाली साहित्यका प्रतिनिधि स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरू वाचन गरेका थिए ।

बिलयन लेखन का प्रवर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरू (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरू प्रकाशित छन् । युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजल श्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक) , राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देवकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरूबाट सम्मानित छन्।

साहित्यकार एवं वाणिज्य दूत कृसु क्षेत्री न्यु योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रूपमा रुचाईन्छन् ।कार्यक्रममा अतिथिहरूको स्वागत÷कार्यक्रम सञ्चालन तथा साहित्यकार क्षेत्रीको पुस्तक ,रचना तथा अन्य साहित्यकारहरूले क्षेत्रीको बारेमा लेखेका कुराहरू युएस नेपाल अनलाईनका प्रधान सम्पादक प्रदीप परियार थापाले गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video