बुटवल कन्सर्टमा अनमोलको धमाकेदार क्रेज

पहिलो पटक कन्सर्टका लागि अनमोल केसी स्टेजमा देखिएका छन् । बुटवलमा शनिबार बेलुकी आयोजित ‘अनमोल इभ’मा उनले ‘यति यति पानी गंगा रानी’ बोलको गीतमा डान्स गरेर बुटवलमा धमाका मचाएका थिए । ३ बजेदेखि सुरु भएको कन्सर्टमा स्थानिय कलाकार, नायिका प्रियन्का कार्कीले आफ्नो प्रस्तुती राखे पछि ८ बजे अनमोलले उनको प्रस्तुती देखाएका थिए ।

अनमोलले डान्स गर्दा कार्यक्रम हेर्न गएका ५ हजार भन्दा बढी बुटवलवासीहरुले ‘अनमोल अनमोल’ भन्दै हुटिङ गरेका समेत थिए । अनमोलले पनि फ्यानहरुसँग जोडिन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताएका थिए । मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा अनमोलले पारिश्रमिक लिएनन् । कार्यक्रमबाट उठेको रकम नेपाल नेत्रहिन महिला संघलाई उपलब्ध गराउने भएकाले पनि समाजसेवाका लागि आफूले विना पैसा स्टेजमा उपस्थित भएको समेत उनले बताएका छन् ।भने यो कार्यक्रम चितवन, पोखरा हुँदै झापाको विर्तामोडमा पनि  हुँदैछ ।

पहिलो पटक स्टेजमा उक्लदा अनमोल केसीले गीत पनि पहिलो पटक नै गाएका थिए । उनले ‘होस्टेल, ड्रिम्स’ चलचित्रको गीत गाएका थिए । अनमोलको साथमा स्टेजमा नायक तथा निर्माता भूवन केसी, नायिका झरना थापा पनि उपस्थित थिए । सबैले दर्शक माझ केही समय रमाइलो गरेका थिए । सो कन्सर्टले बुटवलवासीमा निकै रौनक्ता छाएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video