अनौठो प्रचार प्रसार शैलीमा ‘बाँध मायाले’

असोज ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म बाँध मायाले प्रचारको नयाँ शैली अपनाएको छ । विशेषतः सामाजिक सञ्जाल फेसबकमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार गरिएको छ ।
निर्देशक सविर श्रेष्ठले बताए अन’सार प्रत्येक दुई दिनमा फिल्म ‘बाँध मायाले’को एउटा प्रश्न फिल्मको फेसबूक पेज्मा सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन् । फिल्म हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहनेछौं, सविर भन्छन् ।
लभ स्टोरी फिल्म बाँध मायाले लाई सविर र रामहरी धिताल मिलेर बनाएका हुन । निर्माताको केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । फिल्ममा संगीत अजर्’न पोखरेलले दिएका छन् ।

यो पनि हेर्नुहोस्;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video