सेड्रिनाको चर्चा चुलिएसँगै उनको सम्पूर्ण परिवार एकैपटक मिडियामा, सेड्रिनाको प्रस्तुतिले भाइले सकेनन् आँशु रोक्न (भिडियो)

काठमाडौं–
यतिबेला नेपाली सिने जगतमा सर्वाधिक चर्चामा को छ ? यसके उत्तरमा सेड्रिना शर्मा भनियो भने सायद यो गलत हुँदैन । फिल्म ‘नाइँ नभन्नु ल’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी सेड्रिनाको प्रस्तुतिलाई लिएर अहिले यतिबेला उनको सर्वत्र चर्चा–परिचर्चा भैरहेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सोमबारसम्म जम्मा २ करोड २२ लाख ग्रस कलेक्सन गरिसकेको छ । यतिबेला सेड्रिनाको चर्चा परिचर्चााबाट उनको परिवार समेत थप चर्चामा आएको छ ।

फिल्म प्रदर्शनमा आएदेखि सेड्रिनाले एक प्रकारको स्टारडम बनाउने तहसम्म आफूलाई पुर्याईसकेकी छिन् । उनकै कारण यतिबेला उनका बाबु आमा र भाइ समेत सार्वजनिक सञ्चार माध्यममा छाइरहेका छन् । सेड्रिनासँग अन्तरवार्तामा भेटिएका उनका बाबुले छोरीको प्रगतिले आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । उनले एउटा सन्तानको प्रगति नै बाबु आमाको सबैभन्दा ठुलो खुसी हुनेरहेछ भन्ने आफ्नो जविनमा चरितार्थ भएको बताए ।

उनले छोरीको ह्वीमले गर्दा उनको पढाई विग्रन्छ कि भन्ने डर लागेको प्रतिक्रिया दिए । पारिवारिक अन्तरवार्ताका क्रममा उनीहरुले निकै रमाईला कुरा समेत कुरा गरेका थिए । आफ्नो आमाको उमेर सोध्ने पत्रकारलाई सेड्रिनाले निकै कुटनीतिक तरिकाले जवाफ दिएकी थिईन् । सेड्रिनाका भाइले दिदीको फिल्म हेरेर आफू रोएको बताए । उनले सेड्रिनाको पर्फमेन्स निकै मन परेको बताए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video