‘इन्टु मिन्टु लन्डनमा’ ट्रेलर सार्वजनिक, साम्राज्ञी र धिरजको प्रेममा भिलेन बने सारुक (ट्रेलर)

काठमाडौं–
साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक शिर्ष गीत तथा ‘उडायो हावाले’ बोलको गीत सार्वजनिक भएसँग फिल्मको हाइप ह्वात्तै चुलिएको थियो । गीतसंगीतको कारण पनि फिल्मको ट्रेलर निकै प्रतिक्षित बनेको थियो ।
आज सार्वजनिक ट्रेलरमा साम्राज्ञी र धिरजको प्रेममा उत्पन्न हुने आरोह अबरोहलाई देखाईएको छ । ट्रेलरमा दुईजनाको केमेस्ट्रि निकै आकर्षक देखिएको छ । आर्मीको भूमिकामा देखिएका अभिनेता सारुक ताम्राकार साम्राज्ञी र धिरजको प्रेममा भिलेन बनेका छन् ।

अधिकांश छायांकन लन्डनमा गरिएको फिल्मको ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ । निर्देशक रेनाशा वान्तवा राईको निर्देशनमा निर्माण भएको यो फिल्म प्रेमकथामा आधारित फिल्म हेर्न चाहानेहरुको लागि राम्रो खुराक बनको छ । निर्देशक राईको यो डेब्यु निर्देशित फिल्म हो ।

निर्माण टिमले टीजर जस्तै गत तीन दिनदेखि ट्रेलरको पनि काउनडाउन भिडियो यूट्युबमा अपलोड गरिरहेको थियो । जुन नेपालमा एक नौलो प्रयोगको रुपमा लिएको छ । सार्वजनिक ट्रेलरले दर्शकमा फिल्मप्रति थप उत्सुकता भने पक्कै पनि बढाएको छ ।
प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेको फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ अभिमन्यु दिक्षित र रेनाशाले संयुक्त रुपमा लेखनको भूमिका निभएका छन् । सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल का सह–निर्माता रहेको फिल्ममा आभास कर्माचार्यको संवाद रहेको छ ।
ट्रेलर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video