श्रीनेहा पोखरेलको ‘तीज आयो लै लै’ बोलको तीज गीत सार्वजनिक (भिडियो)

काठमाडौं–
नेपाल स्नेही काखको सहयोगार्थ श्रीनेहा पोखरेलको ‘तीज आयो लै लै’ बोलको गीत सार्वजनिक भएको छ । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा उक्त गीत सार्वजनिक गरिएको हो ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी, नेपाल स्नेही काखकी श्रीनेहा पोखरेल, निर्देशक विरेन्द्र भाट ‘विपिन’ले उक्त गीत सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै श्रीनेहा पोखरेलले सो एल्बमबाट सङ्कलन भएको रकम संस्थामा जम्मा हुने जानकारी गराईन् । कार्यक्रममा उपस्थित अतिथिहरुले यस्तो पुनित कार्यका लागि सबैको साथ सहयोग मिल्ने बताए ।
नेहा पोखरेलको शब्द रहेको गीतमा किरण चापागाईंको सङ्गीत तथा भुमिका पौडेलको स्वर रहेको छ । विलन थापा मगरले गीतको सङ्गीत संयोजन गरेका छन् ।

केशवप्रसाद रिजालको निर्देशन रहेको गीतको भिडियोमा श्री नेहा पोखरेल, अमृता खनाल, इष्टु कार्की, रमिला पोखरेललगायतका कलाकार फिचर्ड छन् ।

विरेन्द्र भाट ‘विपिन’को छायाँकन÷सम्पादन रहेको भिडियोमा आर आर सिमखडाले कोरियोग्राफ गरेका हुन् ।

नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यहार सुसार तथा संरक्षण गर्दै आएको छ । ८ बर्षदेखी सञ्चालन मा आएको नेपाल स्नेही काखमा अहिले २१ जना महिला र ७ जना बालबालिका आश्रित छन् । सबैको जसको स्यार सुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video