मायानै मायाको साथमा फिल्म ‘इन्टु मिन्टू लन्डनमा’को ट्रेलर सार्वजनिक

फिल्म ‘इन्टु मिन्टू लन्डनमा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।युट्रुब् मार्फत हिजो फिल्म निर्माण टिमले ट्रेलर सार्वजनीक गरेको हो ।

२मिनेट ४७ सेकेन्ड ट्रेलरमा लन्डनको मनमोहक द्रिश्य लगाएत अभिनेता अभिनेत्रीको माया रोमान्स देखी लिएर हासो रोधन समेत समेटिएको छ

कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्ममा प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।[brid video=”285716″ player=”10270″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

फिल्मलाई अभिमन्यु दिक्षित र रेनषाले लेखेका हुन । भने फिल्ममा आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।
फिल्म अशोज ५ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउदै छ ।
हेर्नुहोस ट्रेलर :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video