फिल्म ‘गीत गजल’ बनाउँदै निर्देशक नितिन चन्द

फिल्म ‘गीत गजल’ बन्ने भएको छ । यस अघि फिल्म ‘जोनी जेन्टलम्यान’को निर्देशन गरेका निर्देशक नितिन चन्दले उनकै निर्देशनमा फिल्म ‘गीत गजल’ बनाउने भएका छन् । अघिल्लो फिल्ममा नायक पल शाह र आँचल शर्माको जोडी बनाएर काम गरेका उनले ‘गीत गजल’मा नयाँ कलाकारसँग काम गर्ने भएका छन् ।

नितिनले ‘गीत गजल’मा मुख्य कलाकारमा रुप पोखरेल र आरोही सिंहलाई नेपाली सिनेमामा डेव्यु गराउँदैछन् । ठुलो लगानिमा निर्माण हुन लागेको यो फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् । भने लभस्टोरी जनरामा निर्माण हुने फिल्मको लागी मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकार छनोटको चरणमा रहेको निमार्ता आरोहण क्षेत्रीले बताएका छन् ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन छ । भने सिनेकाको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । गीत गजलको भाद्रको अन्तिम साताबाट छायांकनमा जाने गरि अहिले धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ ।

यो पनि हेर्नुहोस् ;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video