प्रेमदेखी बिहेसम्म गसिप चर्चा, पूजाका प्रचार हतकण्डा !

तुलसा कार्की/काठमाडौं- नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय सर्वाधिक चर्चामा रहेको जोडी हो अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी । आकाश र पूजा यहि भदौ २२ बाट प्रदर्शनमा आउने फिल्म’रामकहानी’का मुख्य कलाकार हुन् । र यिनीहरु अहिले फिल्मको फ्यान फ्लोअर्सबाट बिहेसम्मको अपेक्षा हुँदा आकाश र पूजा दुबै उत्साहित पनि छन् । पछिल्लो पटक यो जोडीको प्रेम प्रसङ्गका गसिपहरु समेत मिडियाहरुमा आइरहेका छन् । त्यसो त पूजालाई हरेक फिल्ममा प्रचारको लागी प्रेमको फण्डा गर्ने हिरोइनको आरोप पनि लाग्छ ।

पछिल्लो क्रममा विभिन्न विवादमा समेत परिरहेकी पूजाले पछिल्लो एक अन्तर्वार्तामा आफुलाई ‘कन्ट्रोभर्सी क्विन’सम्म भन्न भ्याएकी छिन् । पूजाले आकाशको नाममा कुनै नराम्रो कमेन्ट नगर्न आग्रह गरेकी छिन् । भने प्रेमदेखि बिहेसम्मको कुरा गर्दा दुबै जनाले आफुहरु तयार हुनसक्ने सम्मको संकेत समेत दिएका छन् ।

फिल्म ‘थ्री लबर्स’बाट रङिन दुनियाँमा प्रवेस गरेकी पूजा पहिलो फिल्मबाट खासै चर्चा नबटुलेले पनि २०१६ मा प्रर्द्शनमा आएको फिल्म प्रेम गीतबाट भने उनी सफलताको सिडि उक्लिन थालएकी हुन । भने फिल्म सँगै उनका सम्बन्ध पनि धमिने गरेको पाईन्छ । उनको हरेक फिल्ममा उनी सँगै अपोजिटमा रहेको हरेक अभिनेता सँग फिल्म पछि सम्बन्ध सकिने गर्छ । आखिर पूजाको व्यवहारले नै उनको सम्बन्धको अन्त्य हुने हो या उनि हरेक अभिनेता सँग त्यतीबेला सम्म मात्र सम्बन्ध राम्रो बनाउन रुचाउछिन् जब सम्म सो अभिनेता सँग उनको काम रहने गर्द्छ । त्यो भने अझै पनि खुलस्त छैन ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

‘प्रेमगीत’मा प्रदिप खड्का र ‘म यस्तो गीत गाउँछु’मा पल शाह सँगको सम्बन्ध फिल्म प्रर्द्शन पछि धमिलिदै गएको कुरा सबैमा अवगतनै रहेको छ । जहिले जुन फिल्म चल्यो त्यो समय सोही फिल्मको अभिनेत सँग निकै नजिकको सम्बन्ध देखिएता पनि अनन्त फिल्मको चर्चा कम भए सँगै पूजाको सम्बन्ध पनि सेलाउने गरेको पाईन्छ ।

प्रत्येक फिल्म सँग-सँगै सकिने पूजाको सम्बन्ध अब आकाश सँगको निकटताले कुन रुप लिने हो । त्यसको लागि दर्शकले रामकहानीलाई कुर्नै पर्ने हुन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video